
काठमाण्डौ, ११ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल तत्काल सरकारमा नजाने भएको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार सञ्चालनका लागि अहिले समर्थन मात्र गरेको तर सरकारमा अहिले नै गई नहाल्ने बताएका छन् ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।
