Monday, April 20सत्यम खबर
Shadow

अमेरिका र चीन बीच चर्किदै द्वन्द्व

काठमाण्डौ, ११ पौष –चीनले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएकाे छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको अलजजिराले जनाएको छ ।

उहाँले अमेरिकाले आफ्नो ‘एकतर्फी धम्कीको पुरानो दिनचर्या’ बन्द गर्नसमेत चेतावनी दिएकाे छ चेतवनी दिएकाे । अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन कुराकानीमा वाङले यस्तो चेतावनी दिनुभएकाे हाे ।

वाङले अमेरिकाले चीनको विकास दबाउन खोजेको भन्दै आरोप पनि लगाउनु भएकाे हाे। अमेरिकाले ठूलो परिणाम प्राप्त गर्नका लागि गर्ने साना कदमहरूलाई लक्षित गर्दै चीनले त्यस्तो नगर्न चेतावनी दिएको हो ।

दुई ठूला देशका प्रमुखहरूले प्रत्यक्ष भेटवार्ता गरेको केही सातामै चीनबाट यस्तो चेतावनी आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *