Wednesday, April 22सत्यम खबर
Shadow

तवांग आमनेसामनेपछि भिक्षुहरूले चीनलाई चेतावनी दिए

काठमाण्डौ, ८ पौष – अरुणाचल प्रदेश जोडिएको एलएसी पार गरेपछि चिनियाँ सेनालाई भारतीय सेना संग भएको झड्पलाई लिएर बौद्ध भिक्षुहरुले चीनलाई चेतावनी दिएका छन् ।
लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेर भारतीय भु भागमा प्रवेश गरेपछि चिनियाँ सेनालाई भारतीय सेनाले मुहतोड जवाफ दिदा दुबै सेनाबीच झड्प भएका थिए । भारतीय र चिनियाँ सेनाबीच भएको झडपपछि तवाङ मठका भिक्षुहरूले चीनलाई चेतावनी दिदै भनेका छन् कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिमीहरुको हर्कतलाई मुहतोड जवाफ दिने चेतावनी दिए ।
“हामीलाई भारतीय सेनामाथि पूर्ण भरोसा छ, जसले तवाङलाई सुरक्षित राख्नेछ,” तवाङ मठका भिक्षु लामा येशी खाओले भने । “प्रधानमन्त्री नरेन्द्र मोदीले कसैलाई पनि छोड्ने छैनन् चिनियाँ सरकार सधैं अन्य देशको क्षेत्राधिकार भित्र प्रवेश गरेर उसको स्वाभिमान माथि आँच पुर्याउने कार्यमा लागि परेको हुँदा उक्त कार्यको भारतीय सेनाले मुहतोड जवाफ दिने भिक्षुहरुले चेतावनी दिए चीनलाई” । एएनआई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *