Friday, April 24सत्यम खबर
Shadow

नेपालमा सक्रिय पश्चिमा ग्राण्ड डिजाईन, गगन थापा देखि रवि लामिछाने सम्मको संलग्नता

काठमाण्डौ, ४ पौष –नेपालको मौलिक धर्म संस्कृति र राष्ट्रीय स्वाभिमान लाई ध्वस्त बनाउन अन्तराष्ट्रीय संजाल सक्रिय रहेको देखिएको छ ।

विभिन्न संघ संस्था तथा प्रभावशाली नेताहरु यस राष्ट्रघाति कार्यमा संलग्न रहेको बुझिएको छ । पश्चिमा देशहरु यस कार्यमा सक्रिय भएको पाइएको छ । भर्खरै सम्पन्न चुनावमा समेत अमेरिका लगायतका पश्चिमा देशहरूले नतिजा प्रभावित गर्ने प्रयास गरेको खबरहरू बाहिर आएको थियो ।

नेपाली कांग्रेसको नेता गगन थापा अनि राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिका एबम् पश्चिमी समुहबाट संचालित रहेको दृष्टान्तहरू व्यापक रुपमा देखिन आएका छन्। रवि लामिछाने नेतृत्वको रास्वापाको चुनावी चिन्ह liberty symbol of Philadelphia सँग ठ्याक्कै मेल खानु , उनको पूर्व अमेरिका बसोबास र अमेरिका सँगको साठ गाँठ आदिले उनको अमेरिका सँगको सम्बन्ध स्पष्ट गर्दछ। अवगत होस , उनि अमेरिका पस्दा नेपाली नागरिकता त्याग बिना नै त्यहाँ को स्थायी बसोवासका प्रमाण पत्र पाएका थिए । यस अतिरिक्त गगन थापा र रवि लामिछानेको चुनावी प्रचारमा मनोवैज्ञानिक युद्ध नै हो। स्रोतको अनुसार यसमा अष्ट्रेलिया,स्वीडेन र नर्वे लगायतका मुलुकहरुले पनि आफ्नो भूमिका खेलेको बुझ्नमा आएको छ।

नेपालको निम्ति अति दुःखदायी विषय के हो भने,यस चुनावमा जतिपनि हिन्दुवादी नेताहरु थिए,तिनीहरूको पराजयले नेपालको हिन्दू विरासतमा ठूलो धक्का पुर्याएको छ। यी सबै सुन्योजित घटनाहरू थिए। महेश बस्नेत जस्ता प्रभावशाली हिन्दू समर्थक नेताको अमेरिकाको प्रयोजनामा पराजय हुनु एउटा ठूलो विडम्बना हो । यसको बारेमा महेश बस्नेत आफैले पनि बेलावेलामा संकेत दिएका हुन ।

रवि लामिछानेको रास्वापाको काठमाडौं-४ मा र विश्वप्रकाशको चुनावी क्षेत्र झापामा उम्मेदवारी नदिनु आफैमा एउटा ठूलो षड्यन्त्रको प्रमाण हो पनि भनिन्छ। यति मात्र नभई गगन थापा अनि लामिछानेले लुम्बिनी क्षेत्रमा नेपाली कांग्रेसको अधिकतम उम्मेदवारलाई हराउन यथासंभव प्रपञ्च रचेको खुलेको छ। यसो गरेर यिनीहरू कांग्रेस अध्यक्ष शेर बहादुर देउवालाई संसदीय दलका नेताको रुपमा कमजोर बनाउन चाहन्थे भनि आंकलन गरिएको छ ।

गगन थापालाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरी एमसीसी मार्फत नेपाललाई पूर्ण रुपमा कबजामा लिने उद्देश्य सहितको ग्राउन्ड डिजाइन अन्तर्गत अमेरिका लगायत पश्चिमी राष्ट्रहरूले नेपालमा खोला सरह पैसा बगाइरहेका छन। नेपालबाट हिन्दू धर्मलाई ध्वस्त बनाई ईसाई धर्म प्रयासमा ल्याउन अमेरिकाको अर्को उद्देश्य हो।

यी सबै कार्यका निम्ति लामिछानेको भरपूर प्रयोग भइरहेको छ। गुपचुप रुपमा रातारात संविधानमा धर्म निरपेक्षता अमेरिकी प्रभावमै लेखिएको कतिपय नेताहरु आफैले पनि स्विकारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *