Monday, April 27सत्यम खबर
Shadow

अमेरिकाले चीनमा शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकारलाई समर्थन गरे

काठमाण्डौ, १६ मंसिर – कोभिड १९ को कडा कानुनको विरोधमा उत्रिएका चिनियाँ नागरिक माथि चीन सरकारले गरेको बर्बर दमनको विरोध गर्दै अमेरिकाले नागरिकहरु शान्तिपूर्ण विरोध प्रदर्शन प्रति समर्थन जनाएको छ ।
अमेरिकाले चीनको शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई समर्थन गर्दछ, ह्वाइट हाउसले भनेको हो ।
चिनियाँ सरकारको कठोर कोभिड–१९ नियमको बिरूद्ध चीनभरी आन्दोलन एवं विरोध प्रदर्शन भईरहेका छन् । ह्वाइट हाउसका वरिष्ठ अधिकारी जोन किर्बीले भने, अमेरिकाले चीनमा भईरहेको घटनाक्रम प्रति नजिकबाट नियालिरहेको छ । किर्बीले भने, “मानिसहरूलाई शान्ति पूर्वक नीतिहरूको विरोध गर्ने अधिकार दिनुपर्छ उनीहरूले आफनो मुद्दा उठाउछन्, त्यसलाई सहज रुपमा पुरा गर्नुपर्छ किर्बीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *