
काठमाण्डौ, १६ मंसिर – अन्तरराष्ट्रिय प्रतिबन्धहरुको बीच रुस आफना उत्पादनहरु भरतमाथि निर्भर रहेको बताइएको छ ।
प्रतिबन्धहरूले महत्वपूर्ण उद्योगहरूलाई चलाउन रसियाको क्षमतालाई कम गरेको बेला रूसले सम्भावित डेलिभरीका लागि ५०० भन्दा बढी उत्पादनहरूको सूची भारतलाई पठाएको रोयटर्सको रिपोर्टमा उल्लेख गरिएको हो ।
रोयटर्सले उल्लेख गरेको रिपोर्टका सूचीमा कार, विमान र रेलका भागहरू समावेश गरिएका छन् । सूची अस्थायी छ र यो स्पष्ट छैन कि कति वस्तुहरू अन्तत ः निर्यात गरिनेछ र कति मात्रामा ।
