Monday, May 4सत्यम खबर
Shadow

मौन अवधिमा जसपा, राप्रपा कार्यकर्ताद्वारा आचारसहिंता उल्लघन

नेपालगन्ज, २ मंसिर – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन् । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो ।
मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला,गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।
बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा, जुलुस र नाराबाजी नगर्न भनेको छ ।
उल्लंघन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
बिहीबार मध्यरातिबाट निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने भनिएको छ । यसको अनुगमन प्रेस काउन्सिलले गर्नेछ ।
निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गरिएको छ ।
तर यता बा“केमा जसपाका नेता तथा कार्यकर्ताहरुले आफ्नो सार्वजनिक सञ्जालको अनुचित प्रयोग गरिरहेको भेटिएको छ । जसपा कार्यकर्ताहरुले आफ्नो फेसबुक वालको फोटो (प्रोफाइल) परिवर्तन गरी निर्वाचन कार्यालयद्वारा जारी आचारसहिंताको उल्लघन गरिरहेको भएतापनि निर्वाचन कार्यालयको ध्यान केन्द्रित भएको पाईएको छैन ।
पत्रकार उदय श्रेष्ठले निर्वाचन कार्यालयको हवाला दिंदै सार्वजनिक सञ्जालमार्फत ध्यान केन्द्रित गर्न समेत बताएका छन् ।

यसैगरी राप्रपा कार्यकर्ताहरुले समेत निर्वाचन कार्यालयद्वारा जारी निर्वाचन आचारसहिंताको उल्लघन गरिएको छ । राप्रपाका केन्द्रिय सदस्य मिना श्रेष्ठले समेत सार्वजनिक सञ्जालको प्रयोग गर्दै आचारसंहिता उल्लेघन गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *