
सकिल अहमद राई
जानकी, ०१ मंसिर – बाँकेको जानकी गाउँपालिका वडा नं १ बढैया सशस्त्र प्रहरीले निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले बाँकेका सीमा नाकामा निगरानी बढाएको छ ।
सशस्त्र प्रहरी बल जानकी बढैया सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको छ । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बलका सहायक प्रहरी नायब नरीक्षक बीरबहादुर नेपालीले जानकारी दिए ।
भारतको उत्तर प्रदेश भारत प्रदेशसँग जोडिएको जिल्लाको सीमा ‘अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रीत हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ ।
अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न, हातहतियार तथा बिष्फोटक पदार्थ सिमा नाकाबाट भित्रिन नदिन सशस्त्र प्रहरीले भारतीय समकक्षी एस.एस.बि. सङ्ग संयुक्त गस्ती निकाली टोलीलाई सक्रियताका साथ परिचालन गरिएको छ ।
