Monday, May 4सत्यम खबर
Shadow

मतदाता प्रभावित पार्न राईले झुटो प्रचार गरेको पुष्टि

नेपालगन्ज, ३० कार्तिक–बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री इस्तियाक राईले मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको पुष्टि भएको छ ।
विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा मा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाईएको छ ।
नेकपा एमाले बाँकेका उपसचिव एवम् नेपालगन्ज उपमहानगरपालिका १८ नं. वडाका वडाध्यक्ष दिपक बर्माले आज पत्रकार सम्मेलन गरी राईले आफुले गरेका र गर्न लागेको भनि प्रचारवाजी गरिएका अधिकांश सडक तथा विकास योजनामा उनको कुनै भूमिकानै नभएको प्रष्ट पार्नुभयो ।
“चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री राईले हुँदै नभएका र आफ्नो कुनै योगदाननै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गर्नुभएको छ”, नेता बर्माले भन्न्ुभयो, “नेपालगन्ज उपमहानगरपालिका र केपी ओली सरकारको पालामा आएका योजनालाई समेत मैले ल्याएको योजना भन्नु कहाँ सम्मको झुट हो ।”
नेपालगन्ज –१८ कारकाँदोमा वडा कार्यालयको बजेटबाट लगाईएका हाइमास्ट र सडकलाई समेत पूर्व मन्त्री राईले चुनावी प्रचारपत्र र भाषणमा आफूले गरेको भनाईप्रति वडाध्यक्ष बर्माले आक्रोश व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री राईले प्रचार सामाग्रीमा आफूले गरेको भनेर उल्लेख गरेका योजना झुटा सावित गर्ने उपमहानगरपालिकाको वैठक तथा निर्णयको प्रमाण समेत वडाध्यक्ष बर्माले सार्वजनिक गर्नुभएको थियो ।
राईले हुँदै नभएका, गर्दै नगरेका कामहरु गरेको, सम्पन्न भएको र केही निर्माणाधिन रहेको भन्दै आफ्नो घोषणा पत्रमा समेत ती योजना र कामहरु राखेका छन् । यसरी जनतालाई झुक्याउँदै मत मागिरहेका राईप्रति बाँके क्षेत्र नम्बर–२ का जनता आक्रोशित बन्न थालेका छन् ।
मतदाता प्रभावित पार्न विभिन्न हतकण्डा अपनाइरहेका राईले आफ्नो निर्वाचन क्षेत्रको नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा सम्पन्न र चालु अवस्थामा रहेका योजनाहरुको सम्पूर्ण जस आफ्नो भएको झुठो दावी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *