
नेपालगन्ज, २७ कार्तिक – गतवर्ष झै यसवर्ष पनि आँखा र कानको निःशुल्क औषधि तथा उपचारको लागि गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले शिविर सञ्चालन गर्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थिति धार्मिक पर्यटकीय स्थल हडियाबाबा आश्रममा हाल मेला जारी रहेको अवस्थामा सयौं श्रद्धालु भक्तजनहरुको सेवाका लागि उक्त निःशुल्क आँखाको मोतियाबिन्दु अपरेशन, औषधिसहित शिविर सञ्चालन गर्न लागेको संस्थाका संरक्षक प्रदीप शाहले बताउनुभयो ।
संरक्षक शाहका अनुसार गौरव स्मृति तथा बियोर सेल्फ फाउन्डेसनले २०७९ कार्तिक २८ गते सोमबार फुल्टेक्रा नेपालगन्ज वडा नं. ६ स्थित श्री १००८ हडिया बाबा मेलामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आँखा र कानको निःशुल्क औषधिसहित उपचारको साथै आँखाको मोतियाबिन्दको निःशुल्क अपरेसन शिविर सञ्चालन गर्ने भएको हु“दा सबैले समयमा मौकाको फाइदा लिई धेरैभन्दा धेरै जना सहभागि भई दिनुहुन अनुरोध गरेका छन् ।
