Sunday, May 31सत्यम खबर
Shadow

प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपा उम्मेदवारको समर्थन

डडेलधुरा, २० कार्तिक – जनता समाजवादी पार्टी डडेल्धुराका प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने घोषणा गरेका छन्। डडेलधुरामा जसपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिएका श्याम सिनालले आफ्नो उम्मेदवारी निष्क्रिय गरी सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार देउवालाई समर्थन गर्ने घोषणा गरेका हुन्। 

उनले भनेका छन्, “आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ज।स।पा। डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवार म श्याम सिनालले आफ्नो उम्मेदवारीलाई पूर्ण रूपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्दछु।”

उनले प्रदेश सभा ९क० प्रत्यक्षतर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेश सभा क्षेत्र नम्बर ९ख० प्रत्यक्ष तर्फका उम्मेदवार गोविन्दराज बोहरालाई समर्थन गरी सहयोग गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *