
नेपालगन्ज, १८ कार्तिक – जनता समाजवादी पार्टी नेपालले बाँकेको क्षेत्र नं. २ मा दोस्रो चरणको चुनावी प्रचार प्रसारको तयारीलाई तिब्रता प्रदान गरिएको छ । पहिलो चरणको घरदैलो अभियान सकिएपछि बाँके क्षेत्र नं. २ को सांसदीय र प्रदेशीक क्षेत्र भरि दैनिक जसो आक्रमक चुनावी अभियान सञ्चालन गरेका छन् ।
जसपा बाँके क्षेत्र नं. २ का चुनाव प्रचार प्रसार समितिका अनुसार शुक्रबार पनि उम्मेदवारहरूले घरदैलो अभियान तथा मतदाता भेटघाटलाई तिब्रता प्रदान गरेका छन् ।
शुक्रबार भएका घरदैलो तथा भेटघाट कार्यक्रमहरूमा जसपाका बाँके क्षेत्र नं. २का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राई, प्रदेश सदस्य उम्मेदवार आदेश अग्रवालले मतदाताहरूको आवश्यकता अनुसार आफूहरु विजयी पश्चात कार्य गर्ने विश्वास दिएका छन् ।
पूर्वमन्त्री राईले भने– ‘आफू पदमा रहँदा विगतका दिनहरुमा यस क्षेत्रको लागि गरिएको कामको मूल्यांकन गरेर मतदान गर्न बताए ।’ उनले भनेका छन् ‘यसपटक पुनः हामीलाई मौका दिएको अवस्थामा पुरानो योजनाहरुलाई कार्यान्वयन गरिनुका साथै थप नया“ विकासका योजनाहरुलाई अगाडी ल्याउने बताए ।’
प्रदेश सदस्य उम्मेदवार अग्रवालले भने ‘हाल प्रचार–प्रसारका क्रममा अन्य उम्मेदवारहरुद्वारा छरिएको भ्रममा नपर्न तथा विगतमा भएका विकासका कार्यहरुलाई ध्यानमा राखी मतदाताहरुलाई मतदान गर्नुपर्ने बताए ।’
जसपा नेपालले आजको घरदैलो कार्यक्रम नेपालगंज उपमहानगरपालिका वडा नं. १४ को भवनियापुर, जमुनहा, पिप्रहवा तथा बालमिकी टोलमा सम्पन्न गरेको जनाएको छ ।
