
नेपालगन्ज, १६ कार्तिक – चलचित्र ‘महापुरुष’ ले निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कार्तिक ११ गतेबाट देशैभरी प्रदर्शन भएको चलचित्र महापुरुष चलचित्रका तर्फबाट निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली सहितको टिमले बाँके नेपालगन्जमा रहेको निलसागर सेवा आश्रममा पुगेर बुवाआमाहरुको आशिर्वाद लिदै सहयोग प्रदान गरेका थिए ।
जिम्मेवार नागरिकको सामाजीक दायित्व हो भन्दै हाम्रो चलचित्र टिमले आश्रममा आश्रय लिएका बुवाआमा तथा बालबालिकालाई सहयोग गरेको उनले बताए भने उक्त महापुरुष चलचित्र फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट सँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।
