Wednesday, March 11सत्यम खबर
Shadow

प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन सम्पन्न युवाहरु स्वदेश मै उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड

नेपालगन्ज, २८ भाद्र – नेपाल युवा परिषद, मास्टर पिस एनवाईसी नेपाल, नेपाल युवा परिषद प्रदेश नं. ५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र बढैयाताल गाउँपालिकाको सहकार्यमा प्रदेश नं.५ माप्रदेश युवा सम्मेलन भर्चुअल रुपमा सम्पन्न भएको छ ।


सो सम्मेलनको समापन समारोहका प्रमुख अतिथि प्रदेश नं.५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले युवाहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संंघीय सरकारले आफनो क्षेत्रमा परिचालन गर्न सक्नु पर्ने र युवाहरु स्वदेश मै केही उद्यमशिलतामा अग्रसर हुुनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले युवाहरुलाई रचनात्मक कार्यमा लगाउनु पर्ने र युवाको असिमित क्षमतालाई आप्mनै देशमा लगाउन सक्ने वातावरण मिलाउनुु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी बिशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरले वर्तमानमा युवामा लगानी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले युवाहरु समाज परिवर्तका सम्वाहक भएकोले युवा नै सचेत भई लाग्नु पर्ने सुुझाव दिनुुभएको छ ।


त्यसैगरी अर्का बिशिष्ट अतिथि शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी चौधरीले सम्पुर्ण युवाहरु स्वदेश मै आफनो श्रम र सीप लगानी गर्नु पर्ने बताईन् । साथै आफनो समाजप्रति सकारात्मक भई लाग्नु पर्ने बताईन् ।
सो सम्मेलनमा दोस्रो दिनमा सुशासनको बारेमागो गो फाउण्डेशनका निर्देशक केदार खड्का, जलवायु परिवर्तनकाको बारे बिन्दु भण्डारी र मानसिक स्वास्थ्यका बारेमा कपिलशर्माले प्रशिक्षण दिनुुभएको थियो । भने पहिलो दिनमा निर्वाचनमा युवाको भुमिका, आफनो उद्यमशिलताको सफलताका कथाहरुमा महिला उद्यमी घरेलु उद्योग महासंघका केन्द्रिय सदस्य एवं जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष, बुुद्धिमाया सुनार, अर्का उद्यमी लुुम्बिनी अर्गानिक फर्म एण्ड रिर्सच सेन्टरका आश गुरुङले आआफना सपलताका कथाहरु सुनाएका थिए । युवाहरुलाई आगामी दिनमा प्रदेश नं.५ का सम्पुर्ण युवाहरुलाई सहकार्य गर्दै अघि बढ्ने नेपाल युवा परिषद, प्रदेश नं.५ का संयोजक सोम गुरुङले जानकारी दिए ।


युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस साथै युवा शक्तिलाई स्वदेश मै उद्यमी बन्न सहज वातावरण निर्माण बनाउन भन्ने मुख्य उद्देश्यका साथ सो सम्मेलनको आयोजना गरिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सराज बाँनियाले जानकारी दिनु भयो । सो सम्मेलनको अन्त्यमा सम्मेलनको समिक्षा बारे रुपन्देहीका सन्ध्या अधिकारी, कपिल वस्तुका सुभद्र पोखरेल, नेपाल युवा परिषद, रुपन्देही शाखाका अध्यक्ष कुशल डुुम्रले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेपाल युवा परिषद, कपिलवस्तुुका अध्यक्ष सुनिता बेल्बास र कृष्ण पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *