Friday, April 24सत्यम खबर
Shadow

गुजरात घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाण्डौ, १४ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले कयौंको ज्यान जानेगरी भारतको गुजरातस्थित मोरबी नदीको पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्। ‘गुजरातको मोरबीमा पुल भत्किएको घटनाप्रति म दुःखी छु। पुल भत्किदा भएको जीवनको क्षतिप्रति हामी भारत सरकार र जनाप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। हाम्रो साथ शोक सन्तप्त परिवारसँग छ,’ प्रधानमन्त्री देउवाले भनेका छन्।

आइतबार मोरबीमा माच्छु नदीमा रहेको पुल भत्किदा १४१ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *