Friday, April 24सत्यम खबर
Shadow

“विकासको एजेण्डा लिएर मतदाताको घर आँगनमा मन्त्री अथक”

कोहलपुर, १३ कार्तिक – नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा छन । लामो समयदेखी रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उनि गृहजिल्ला बाँके पुगेका हुन । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधी सभा पदका उम्मेदवार समेत रहेका मन्त्री अथक यतिबेला चुनावी मैदानमा होमिएका छन ।
०७४ सालमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सांसदका रुपमा निर्वाचित भएका मन्त्री अथक पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन । भौगोलिक र जनसंख्याको हिसावले जिल्लाकै सबैभन्दा ठुलो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएका अथक दोस्रो पटक साँसदका रुपमा दोहोरीने तयारीमा छन ।
कोहलपुर नगरपालिका वडा नं. ५ स्थित भाडाको घरमा बस्दै आएका उनी प्राय स्थानियको घरआँगनमा भेटिन्छन । सामान्य रुपमा चुनावी गतिविधि गरीरहेका अथकले चुनावी सभालाई भन्दा बढि ब्यक्तिगत भेटघाटलाई महत्व दिदैै आएको देखिन्छ । पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार बनेका अथकलाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेकै कारण उनी बाँकेकै बलियो उम्मेदवारका रुपमा अगाडी देखिएका छन ।
तिन वटा पालिका (कोहलपुर, राप्तीसोनारी र नरैनापुर) मिलेर बनेको बाँके निर्वाचन क्षेत्र नं. १ मा १ लाख २१ हजार १०० मतदाता रहेका छन । उक्त निर्वाचन क्षेत्र भौगोलिक दृष्टिकोणले देशकै ठुलो निर्वाचन क्षेत्र मध्येको एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *