नेपालगन्ज, २७ भाद्र – नेपाल युवा परिषद, मास्टरपिस एनवाईसी नेपाल, नेपाल युवा परिषद प्रदेश नं.५ र नेपाल युवा परिषद बाँके शाखाको संयुक्त आयोजनामा प्रदेश नं.५ मा प्रदेश युवा सम्मेलन भर्चुअल रुपमा शूरु भएको छ ।
सो सम्मेलनको प्रमुख अतिथि प्रदेश नं. ५ सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नं.५ युवाहरुलाई कृषि, पर्यटन र उद्यमशिलतामा लाग्न अनुरोध गर्नुभयो । साथै उहाँले आफनो राष्ट्रमा नै बसी श्रम गर्नुपर्ने र युवाहरुलाई शुलभ कर्जामा सहज पहुुँच हुनुुपर्ने वातावरण मिलाउनुु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरी बिशिष्ट अतिथिति लोत्तमा नगरपालिका, रुपन्देहीनगर प्रमुख बासुदेव घिमिरे र बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले युवाहरु समाज परिवर्तनमा लाग्नु पर्ने सल्लाह सुुझाव दिनुु भएको थियो ।
युवा सम्मेलनका लागि प्रदेश नं.५ १२ वटै जिल्लाहरुबाट २ सय ५० बढीयुवाहरुको सहभागिता जनाएका छन् । सो प्रदेश युवा सम्मेलन यही भाद्र २६ र २७ गते सम्म २ दिन सम्म सञ्चालन हुनेछ ।
सो सम्मेलनमा शुक्रबार पहिलो दिन निर्वाचनमा युवाको भुमिकाको बारेमा निर्वाचन आयोग नेपालका उपसचिव कोमलप्रसाद धमलाले प्रशिक्षण दिनुुभएको थियो भने आफ्नो उद्यमशिलताको सफलताका कथाहरुमा महिला उद्यमी घरेलु उद्योग महासंघका केन्द्रिय सदस्य एवं जिल्ला लघु उद्यमी समुह संघका अध्यक्ष बुुद्धिमाया सुनार, अर्का उद्यमी लुुम्बिनी अर्गानिक फर्म एण्ड रिर्सच सेन्टरका आशा गुरुङले आ–आफना सपलताका कथाहरु सुनाएका थिए । सम्मेलनको दोस्रो दिन अर्थात शनिवार जलवायु परिवर्तन, सुशासन र मनोसामाजिक परार्मश विषयमा प्रशिक्षण हुने नेपाल युवा परिषद, प्रदेश नं.५ का संयोजक सोम गुरुङले जानकारी दिए ।
सो सम्मेलनमा १८ देखि ३० बर्ष उमेर समूहका युवाहरुको सहभागीता रहेको छ । युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस साथै युवा शक्तिलाई स्वदेश मै उद्यमी बन्न सहज वातावरण निर्माण गरुन भन्ने मुख्य उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सराज बाँनियाले जानकारी दिनुभयो । सो कार्यक्रमा स्वागत मन्तब्य नेपाल युवा परिषद, रुपन्देही शाखाका अध्यक्ष कुशल डुुम्रले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेपाल युवा परिषद, कपिलवस्तुुका अध्यक्ष सुनिता बेल्बासले गरेकी थिइन् ।