
सकिल अहमद राई
जानकी, ७ असाेज – जानकी गा.पा. वडा नं. १ शिवपुरी स्थित रहेको श्री शिवपुरी माध्यामिक विद्यालयमा कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा कार्यरत शिक्षक समेत स्थानीय जनप्रतिनिधिको उपस्थितीमा साईगाउँ प्रहरी चौकी बाँकेद्वारा आयोजित साईवर क्रईम लगायत विषयवस्तु माथी जनचेतनामूलक कार्यक्रम गरेको छ ।
साईगाउँ प्रहरी चौकी इन्चार्ज सुजनकुमार खड्काले साईवर क्रईम के हो ? यसले हाम्रो जीवनमा पार्ने असर तथा साईवर क्राइमबाट कसरी बच्ने र यसको कानुनी उपचार सम्बन्धी कार्यक्रममा बोल्दै साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ बताउनुभयाे । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ ।
अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।
नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यही ऐनका आधारमा कार्बाही हुने गरेको छ । सो ऐनको दफा ४७ नेपालमा हुने साइबर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादित दफा हो । यस दफाले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । दफा ४७ विवादित भएपछि साइबर अपराध रोक्ने छुट्टै कानुन निर्माण गर्नुपर्ने माग बढिरहेको छ । पछिल्लो समयमा खासगरी फेसबुक प्रयोगले साइबर अपराध बढाएको स्पष्ट देख्न सकिन्छ ।
नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक माध्यम फेसबुक हो । जसको एन्ड्रोइड मोबाइल छ, उसले फेसबुक अनिवार्य प्रयोग गरेको पाइन्छ । पछिल्लो एक सर्वेक्षणअनुसार नेपालमा फेसबुकका प्रयोगकर्ता ५० लाखभन्दा बढी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अध्ययनअनुसार ३८ प्रतिशत नेपालीसँग इन्टरनेट पहुँच पुगेको छ । त्यसमध्ये पनि मोबाइलबाट इन्टरनेट चलाउनेहरू बढी छन् । सो प्रतिवेदनअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ता १ करोड २ लाख ७६ हजार ७ सय ४८ पुगेको देखाएको छ । अब स्थानीय तहमा इन्टरनेट केबुल जाने भएपछि यो संख्या बढ्नेछ । सो तथ्यांकलाई आधार मान्ने हो भने ८९ प्रतिशत मोबाइलबाट इन्टरनेट चलाउनेहरू छन् ।
साइबर अपराधको ग्राफ बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्युरो नै नै बनाउने तयारी गरेको छ । अहिले महानगरीय प्रहरी अपराध महाशाखामा यसको मुद्दा चल्ने गरेको छ । साइबर अपराध सम्बन्धी विशेष अनुसन्धान महाशाखाबाट हुने गरेको छ । जानकारी दिनु भयो सचेतना मुलक कार्यक्रममा साईगाउ प्रहरी चौकी इन्चार्ज सुजनकुमार खड़का समेतको टोलीले कार्यक्रम सम्पन्न गरिएको छ ।
