Friday, November 22सत्यम खबर
Shadow

जानकी स्काउटद्वारा विद्यार्थीलाई ड्रेस वितरण

सकिल अहमद राई
नेपालगन्ज, ६ असोज – बाँकेको जानकी गाउँपालिकामा रहेका नेपाल स्काउटले १६ जना छात्रा र १६ जना छात्र गरी जम्मा ३२ जना जानकी मा.वि. विद्यालयलाई स्काउटको ड्रेस वितरण प्रदान गरिएको छ ।

जानकी मा.वि. विद्यालयमा अध्ययनरत विद्यार्थी छनौट गरी ३२ जनालाई पोशाक नेपाल स्काउट जानकी गाउँपालिकाले यस कार्यक्रमको प्रमुख अतिथि प्रमुख प्रसासकिय अधिकृत सिंह राज डाँगीको हातबाट हस्तान्त्रण गरिएको छ ।

कार्यक्रममा सहभागी प्रमुख अथिति जानकी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सिंह राज डाँगीले स्काउटको बारेमा जानकारी गराउँदै भन्नु भयो- “नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो । यसको स्थापना वि‍.सं. २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको” बताउनुभयाे ।

त्यसैगरी यस कार्यक्रमका सभाध्यक्ष रेखा धितालले यस स्काउटको उद्देश्यको बारेमा जानकारी गराउँदै भन्नुभयो – “नेपाल स्काउटको उद्देश्य यस्तो छः
– विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउदै, बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने,
– बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने,
– दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने,
– सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने,
–समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने,
– स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने, बताएका थिए।

कार्यक्रममा उपस्थित प्रमुख अथिति जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डाँगी, शिक्षा प्रमुख कृष्णकुमारी भण्डारी, सामाजिक संयोजक रामअचल धोबी, प्र.अ. शिक्षकहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *