Wednesday, April 15सत्यम खबर
Shadow

चिनियाँ टोलीको गतिविधि पारदर्शी गर्न माग राख्दा पक्राउ परेका यादव रिहा, समर्थकले लगाए चिनियाँ विस्तारवादको नारा

काठमाण्डौ, ३ असोज – राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रिहा हुने वितिक्कै चिनियाँ विस्तारवादको नारा लागेको छ।अभियानका अभियन्ताहरूले चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका छन् ।

अध्यक्ष यादवले नेपालमा चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुसहितको जम्बो टोली आएर यहाँ चिनियाँ विस्तारवाद लाद्न खोजेको बताए । उनले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आएर प्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरूसँग गोप्य भेटघाट गर्नु संशयपुर्ण रहेको बताए ।

उनले भने , ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैँमा संशयपुर्ण हो।’

शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *