
काठमाण्डौ, असोज १ – वितेका केही दिनमा के देखिएको छ भने चिनियाँ नागरिकहरु विभिन्न एप बनाएर त्यसमार्फत ऋण दिएर नेपाली नागरिकलाई ठगिरहेका छन् ।
उच्च ब्याजदरमा ऋण उपलब्ध गराएर ठगी गर्नको अलावा व्यक्तिगत तथ्यहरुको हननका साथै धोका दिएर ठग्ने कार्यहरु गरिरहेका छन् । यदि लिइको ऋण सम्झौताअनुरुप उच्च ब्याजदरमा चुक्ता नगरे चिनियाँहरुले नेपाली नागरिकलाई अनेक बहानामा ठग्ने कार्य गरिरहको बुझिएको छ ।
यस्तो चिनियाँ नागरिकहरुको जाली, नक्कली कल सेन्टर र कार्यालयहरु नेपालका विभिन्न स्थानमा सञ्चालन गरिरहेका छन् । काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज र सिरहालगायतका स्थानहरुमा नेपालको युवायुवतीलाई सहभागी बनाई यस्ता ठगी धन्दा सञ्चालन भइरहेको तथ्यांकले देखाउँछ ।

नेपालीहरुलाई आकर्षित गर्न विभिन्न प्रकारका नक्कली ऐपहरुको जस्तै उधार नगेन, गो क्यास, गो लोन, रुपे प्लस, फैक्स क्यास, रुपे फैक्टरी, क्यास बाई, पैसा लोन, सशक्त लोन, इजी क्रेडिट फ्रि क्यास, हेण्डी लोन, रुपी स्टार अनि हाई क्यास सञ्चालनमा ल्याइएको पाइएको छ ।
यी ऐपको आधारमा चिनियाँ ठगहरुद्वारा नेरु ३ हजारदेखि ३३ हजारसम्म ३० प्रतिशतको दरले ५० प्रतिशत लोन रकम ६-१५ दिनभित्रमा दिइने गरेको पाइएको छ । दिनहुँ करिब ६ करोडसम्म अनुमानित ५० हजार ग्राहकलाई लोन उपलब्ध गराइँदै आइएको छ ।
यसमा भारतीय नागरिकहरु पनि ठगीको शिकार भएका छन् । ऋण उपलब्ध गराउन यनीहरुले व्यक्तिको व्यक्तिगत विवरण जसमा नागरिकता, आधार कार्ड, बैंक खाता, लाइसेन्स, फोन नम्बर आदि लिने गरेका छन् । यदि नेपाली ग्राहकहरुले तोकिएको समसयमा ऋणको उच्च ब्याजसहित बुझाउन नसके चिनियाँ ठगहरुले निम्न प्रकारको कारवाही गरेको पाइन्छ ।
ग्राहकको व्यक्तिगत विवरण सामाजिक सञ्जालमा प्रकाशन गरिदिने, परिवारका सदस्यहरु डराउने, धम्काउने, गाली गलौज गर्ने, फोन ह्याक गर्ने, फोटो भिडियो र अडियो आदि सामाजिक सञ्जालमा पोस्ट गर्ने आदि गर्दै आएका छन् ।
चिनियाँ ठगीको भयका कारण नेपालको ग्राहकहरुले साइबर अपराध ब्यूरो, नेपाल प्रहरीमा उजुरीसमेत दिएका छन् । चिनियाँहरुले यस्ता गलत गरिकाले आर्जन गरेको पैसा अलि पे र व च्याटमार्फत चीनमा सुपुर्द गरिरहेका छन् । यस क्रियाकलापद्वारा नेपालले आर्थिक क्षतिका अतिरिक्त सुरक्षा जोखिम पनि मोलिरहेको छ । साभारः नेपालपाना
