Saturday, April 18सत्यम खबर
Shadow

दुर्व्यवहारका कारण भारतीय टैंकर चालकले भारतमा राेके ४० टैंकर

काँकडभिट्टा, असोज १ – सिलिगुडीबाट इन्धन बोकेर नेपाल प्रवेश गर्न लागेका करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरुले अवरोध गरेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी पक्राउ गर्नुका साथै चालकलाई दुर्व्यवहार गरेको भन्दै भारतीय चालकहरुले पानीटंकी क्षेत्रमा इन्धनका ट्यांकरमाथि अवरोध गरेका हुन् ।

बिहीबार राति राजस्व अनुसन्धानले अवैधरुपमा नेपाल भित्र्याइएको आरोपमा फलफूल र तरकारी बोकेका चार वटा गाडी मोरङको भाउन्नेबाट नियन्त्रणमा लिएको थियो । गाडी चालकलाई सशस्त्र प्रहरीले दुर्व्यवहार पनि गरेको आरोप भारतीय चालकहरुको छ ।

मेची भन्सार प्रमुख केशव ओलीले तेल बोकेर नेपाल छिर्न लागेका करिब ४० वटा ट्यांकरलाई प्रवेशमा रोकिएको जनाए । उनका अनुसार ट्यांकर घेरेर भारतीय चालकहरुले विरोध गरिरहेका छन् ।

पानीटंकीका एक व्यापारीले करिव दुई घण्टादेखि ट्यांकरलाई अवरोध गरिएको र जलाउने धम्की पनि दिइएको छ । राजस्व अनुसन्धान कार्यालयका अधिकृत तीर्थ खनालले दादागिरी शैलीमा अवैधरुपमा नेपाल छिरेका भारतीय सवारीलाई पक्राउ गरि मुद्दा चलाइएको जनाए । ‘ती सवारीहरुले पटक-पटक यस्तो हर्कत गर्दै आएको पाइयो,’ खनालले भने । साभारः कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *