
ताइपेई, २८ भाद्र – ताइवानले चीनको पछिल्लो आक्रामकता ‘अतिरञ्जित चाल’ भएको बताएको छ। बेइजिङले ताइवानको प्रमुख वायुसेना आधार पेन्घु टापुहरूमा आफ्नो सैन्य अभ्यास गरिरहेको विषयमा ताइवानले उक्त टिप्पणी गरेको हो। मिडिया रिपोर्टका अनुसार ताइपेइलाई धम्की दिनका लागि चीनले उक्त चाल चलिरहेको छ।

अर्को अमेरिकी कंग्रेसनल प्रतिनिधिमण्डलले ताइवानको यात्रा गरेपछि चीन आक्रामक बनेको हो। चिनियाँ जनमुक्ति सेना (पीएलए) द्वारा एक सामाजिक सञ्जाल पोस्टले पेन्घु टापुहरूको फुटेज सार्वजनिक गरिएको थियो।
