
काठमाण्डौ, २२ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नु भएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिता उद्घाटनका लागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षा कै बिचमा प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नु भएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।

मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु ख्ेलाउन सुरु गरीएको छ । जस अन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच सम्पन्न भएको छ । उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गर्नु भएको छ । सावित्राले खेलको १२ औं र ६८ औं मिनेट तथा अनिताले ५३ औं र ८५ औं मिनेटमा गोल गर्नु भएको थियो । पहिलो जितसँगै समूह “ए” मा रहेको नेपालले तीन अंक जोडेको छ ।
