
नेपालगन्ज, १० भाद्र – नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेको २० औं बार्षिक साधारण सभा नेपालगन्जमा भब्यताका साथ सम्पन्न गरेकाे छ ।
नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेले गत आर्थिक वर्षमा भए गरेका सम्पुर्ण कार्यहरुको उच्च मुल्यांकन सहित अनुमोदन गर्दै आगामि आर्थिक वर्षको लागि बिभिन्न योजना तर्जुमा गर्दै २० औं बार्षिक साधारण सभा भब्यताका साथ विहिबार नेपालगन्जमा सम्पन्न गरेकाे छ ।
नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देबबहादुर वली क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाल ईट्टा उद्योग महासंघका केन्द्रिय सचिव जैनुल आब्दिन खान प्रमुख अतिथि, महासंघका केन्द्रिय सदस्य टंकबहादुर बुढा र संघका सल्लाहकार सुधिरप्रताप सिंह अतिथि सहित बाँके जिल्लाका ईट्टा उद्योग सञ्चालकहरुको सहभागिता रहेको थियो ।
नेपालगन्ज वार्ड नं. १८ कारकाँदो स्थित नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संघका सचिव दिपकराज अधिकारीले गर्नु भएको थियो भने उपस्थित अतिथिहरु र उधोगीहरुलाई स्वागत मन्तव्यद्वारा संघका उपाध्यक्ष रामचन्द्र साहले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव केसबराज भण्डारी र कोषाध्यक्ष विजयप्रसाद साहद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन गड्गडाहट तालिद्वारा अनुमोदन गरिएको थियो । कार्यक्रममा यस आर्थिक वर्षमा संघको सदस्यता प्राप्त गर्ने ईट्टा उद्योगीहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
सम्पन्न साधारण सभाले ईट्टा उद्योग र उधोगीहरुको हक हितको लागि चुनौतीहरुको सामना गर्दै अगाडि बढ्न कार्यसमितिलाई म्यान्डेट दिदै यस्ता कार्यहरूमा सम्पुर्ण ईट्टा उद्योगीको साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
