नेपालगन्ज, १० भाद्र – पश्चिम नेपाल कै स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको भेरी अस्पतालको अवस्था दयनिय बन्दै गईरहेको बिरामीहरुको गुनासो रहेको छ ।
कोरोनाकालमा देशभरी नै अग्रणी स्थान बनाउन सफल भेरी अस्पतालमा हाल सिकिस्त बिरामीहरुको लागि उपलब्ध गराईने स्वास्थ्य सेवाहरुमा लापरवाही भईरहेको धेरैजसो बिरामी तथा उनका कुरुवाहरुको गुनासो रहेको छ ।

विहिबार राती १ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का भुषण झाले आफ्नो श्रीमतिलाई स्वास्थ्य उपचारको लागि भेरी अस्पतालको एमरजेन्सी वार्डमा १ः३० घण्टापछि एचए देखिए पनि उपचारमा खटिएका डाक्टर नभएको बताउँछन् ।
झाका अनुसार श्रीमतिलाई राती कनखजुरा भन्ने किडाले टोकेको हुँदा भेरी अस्पतालको एमरजेन्सी वार्डमा औषधोपचारका लागि लगिएको थियो । तर अस्पतालमा पुग्दा ४–५ जना विद्यार्थी भाईहरु भएको उनीबाट डाक्टर साब कहाँ छन्, जानकारी माग्दा उनले अहिले राउण्डमा जानु भएको तथा १ः३० घण्टासम्म प्रतिक्षा पश्चात एचए आई केही कुरा पर्चामा लेखी पुनः हराएको गुनासो गरेका छन् ।
झाले– “हामी जस्तो पढेलेखेका व्यक्तिलाई एमरजेन्सी वार्डमा उपचारको लागि यस्तो दुःख हुन्छ भने गाउँका गरिब, नपढेलेखाका बिरामीहरुलाई स्वास्थ्य उपचारको लागि कस्तो दुःख हुन्छ होला सजिलै अनुमान लगाउन सकिन्छ” भनी गुनासो पोख्नु भयो ।
यसबारे सम्बन्धित पक्षसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
