Saturday, April 18सत्यम खबर
Shadow

भारत पुगेकाे ११ किलाे चरेससहित ३ जना नेपाली पक्राउ

कपिलवस्तु , ९ भाद्र – जिल्ला कृष्णनगर हुँदै भारत जानेक्रममा लगभग एघार किलाे चरेससहित ३ जना नेपालीलाई एसएसबीले पक्राउ गरेकाे छ।


राति १०:४५ काे समयमा नेपाल सिमा पार गरि भारत पुगेका ३ जना नेपाली नागरिकसहित कुल १० किलाे ८६० ग्राम चरेस पक्राउ परेकाे भारतीय एसएसबीले जनाएको छ । गस्तीदल सहायक कमांडेट पंकज साहाकाे नेतृत्वमा नेपाल-भारत सिमाकाे पिल्लर ५६७ हुँदै भारत प्रवेशकाे क्रममा गुल्मीका ४२ बर्षीय वीर बहादुर र वागलुंङकी दुई महिला ३० बर्षिय अखिमला घर्ती र खर्कमाला बुढा मगरलाई डाग स्काव्यडकाे मद्दतले पक्राउ गरिएकाे हाे।

खानतलासीकै क्रममा पक्राउ परेका तीनै जनासंग नागरिकता भेटिएकाे छ भने चरेसलाई हिमाचल प्रदेशकाे कुल्लु जिल्लामा पुर्याउने उद्देश्य रहेकाे एसएसबीले मुचुल्कामा उल्लेखित गरेकाे छ। कमांडेंट अशोक बिस्वास बढनी पुगेर चरेस पक्राउ परेकाे घटनाबारे थप अनुसन्धान हुँदै गरेकाे बताउनुभयाे ।

त्यस्तै नेपाल सिमा हुँदै चरेससहित तस्कर भारत पुगेकाे घटनाबारे अनुसन्धान भइरहेकाे कृष्णनगर इलाका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *