Sunday, May 3सत्यम खबर
Shadow

चीनको चिन्ता गहिँरिदै, १७ देशका वायुसेनाद्वारा सबैभन्दा ठुलो युद्धाभ्यास सुरु

काठमाण्डौ, ९ भाद्र –अस्ट्रेलियाको धरतीमा शुक्रबार सबैभन्दा ठुलो युद्धाभ्यास सुरु भएको छ। जसले गर्दा अहिले चीनको चिन्ता बढेर गएको छ। युद्धाभ्यासमा नाटोसमेत मित्र राष्ट्रहरू सामेल छन्। उक्त युद्धाभ्यासको अंश भारतीय वायुसेनाका लडाकु पनि बनेका छन्।

युद्धको यो अभ्यास हिन्द महासागरको प्रशान्त क्षेत्रमा भइरहेको छ। जसको नाम पिच ब्ल्याक २०२२ हो। पिच ब्ल्याक अभ्यास विशेषतः वर्षमा दुईपल्ट हुने गर्दछ। तर यसपल्ट यसको टाइमिङ एकदमै खास रहेको छ, किनभने अस्ट्रेलियामा १७ देशहरूका वायुसेना यस्तो समयमा एकत्रित भएर अभ्यास गर्दैछन्, जब ताइवानलाई लिएर विश्वको ठुलो क्षेत्रमा तनाव बढ्दै गइरहेको छ।

ताइवानलाई लिएर चीन धेरै आक्रमक व्यवहार देखाउँदै आइरहेको छ अनि अमेरिका आफ्नो मित्र देशहरूसँग चीनलाई घेराउ गर्न एकजुट भइरहेको छ।
एकातिर दक्षिण चीन सागरमा चीनको तर्फबाट तोप र मिसाइलहरूको गर्जन सुनिन्छ भने अर्कोतिर ड्रेगनको आक्रमक व्यवहारलाई मध्यनजर गर्दै ताइवानले पनि आफ्नो तयारीहरूलाई अझ सुदृढ पार्दै लाँदैछ।

यी दुवै पक्षले यस क्षेत्रमा युद्धको जस्तो परिवेश बनाएका छन्। यस्तो संवेदनशील समयमा अस्ट्रेलियामा शुक्रबारदेखि सुरु भएको पिच ब्ल्याक अभ्यासले सबैको ध्यान आकर्षित गरेको छ।
भारतीय वायुसेनाको ४ सिखोइ फाइटर जेट अनि विशेष दल यस युद्धाभ्यासमा सामेल भएका छन्। यसअतिरिक्त पिच ब्ल्याक अवधि भारतीय लडाकु विमान सिखोईद्वारा अभ्यास गरियो। यसअवधि हावामा रिफ्युलिङ्ग पनि गरियो। पहिलोपल्ट यसरी फ्रान्सिसी एयरक्राफ्ट र स्पेस फोर्स युनिटको पक्षमा हावामा इन्धन भरिएको हो।

जानकारी गराइन्छ कि पिच ब्ल्याक एक्सरसाइज २०२२ नामक उक्त युद्धाभ्यासमा अस्ट्रेलियासमेत भारत, अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, नीदरल्याण्ड, यूएई, फिलीपिन्स, थाइल्याण्ड, इण्डोनेशिया, मलेशिया, सिङ्गापुर, जापान, दक्षिण कोरिया, न्यूजील्याण्डका वायुसेनाले भाग लिएका छन्।

पिच ब्ल्याक एक्सरसाइजमा १७ देशका वायुसेना, १०० एयरक्राफ्ट र २५०० वायुसैनिकले भाग लिएका छन्। यो एक्सरसाइज ८ सेप्टेम्बरसम्म चल्ने बताइएको छ।
मुख्य कुरा के हो भने अस्ट्रेलियाको ड्राविन एयरबेसमा उक्त देशहरूका वायुसेनाको जमघट भएको छ। जुन देशहरूसँग चीनको मित्रता सफल हुन सकेको छैन। यस युद्धाभ्यासलाई आयोजना गरिरहेको अस्ट्रेलियासँग पनि चीनको सम्बन्ध राम्रो छैन अनि पहिलोपल्ट दक्षिण कोरियाले पनि यस पिच ब्ल्याक एसरसाइजमा भाग लिएको छ।

चीन जुन क्षेत्रहरूमा आफ्नो दबाउ स्थापित गर्न चाहन्छ उक्त क्षेत्रमा पिच ब्ल्याक एसरसाइजको माध्यमबाट १७ देशहरूका वायुसेनाले आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्।
ताइवानलाई लिएर आक्रमक बन्दै आएको चीनले दक्षिण चीन सागरमा शक्ति प्रदर्शन गर्दै आइरहेको छ। धेरै दिनदेखि चीनले ताइवानलाई लक्षित गर्दै लाइभ फायर गर्दै आएको छ। यसैले उक्त युद्धाभ्यासद्वारा चीनलाई गतिलो जवाफ मिल्ने पनि बताइँदैछ। अवगत गराइन्छ, यूएस स्पीकर न्यान्सी पेलोसीले ताइवान भ्रमणले अक्कबक्क परेको चीनले लगातार मिलेट्री अभ्यास गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *