Sunday, April 26सत्यम खबर
Shadow

खजुरा क्यान्सर अस्पताल सील

नेपालगन्ज, २२ भाद्र – अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सिल गरिएको छ ।

चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको छ ।
अस्पतालका प्रमुख विश्वराम पौडेलका अनुसार, २ जना चिकित्सक, ३ जना प्रशासन शाखाका कर्मचारी, १ जना नर्स र ५ जना अस्पताल सहयोगीलाई भाइरस संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिसकेको थियो । अस्पतालमा भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टिन बसेका छन् ।
उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कर्मचारी कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *