Tuesday, April 21सत्यम खबर
Shadow

नेकपा एमालेकाे नरैनापुर पार्टी कार्यालय उद्घाटन

नरैनापुर, २९ सावन – नेकपा एमाले केन्द्रिय सदस्य एवं बाँके जिल्ला सहइंचार्ज पशुपतिदयाल मिश्रले मैनबत्ती बाली नेकपा एमाले नरैनापुर गाउँपालिका पार्टी कार्यालयको उद्घाटन गर्नु भएको छ ।

उक्त अवसरमा केन्द्रीय सदस्य मिश्रले आगामी निर्बाचन पाँच भाईसँग एमालेले एक्लै लडने र निर्बाचन पछि नेकपा एमालेको पूर्ण बहुमतको सरकार बन्ने पक्का रहेको ठोकुवा गर्नु भएकाे थियाे ।

नेकपा एमाले नरैनापुर कमिटीका उपाध्यक्ष मो. उमर खानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य रामकुमार दीक्षित, बाँके जिल्ला सदस्य कैलास यादव, जिल्ला सदस्य सोहनलाल यादव, नेपाल युवा संघ के स एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष खेमराज शर्मा, नेता पारसनाथ पाण्डे, नेता नइम खाँ, ताज खाँ, सेराज खाँ लगायत नेता तथा कार्यकर्ताहरूको बाक्लाे उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा रामसूरत पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय वडा नं. ३ को बडाकमिटी समेत गठन गरिएकाे जानकारी गराईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *