Friday, November 22सत्यम खबर
Shadow

अपडेटः ६ महिलासहित ८ जना घर फर्किदै

नेपालगन्ज, २१ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित ८ जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र ७ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार २ सय १० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ८ सय २५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ७९ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६८.१४ रहेको छ भने बिरामी मृत्यु दर ०.५० प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२० प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *