नेपालगन्ज, २० भाद्र – “बन्दाबन्दिमा पनि हराउँदै महिला वालवालिका, मानव बेचबिखन तथा ओसार पसारको अन्त्यः, सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य ।” भन्ने मूल नाराका साथ मानव बेचबखिन बिरुद्धको १४ औ राष्ट्रिय दिवशको अवसरमा माइती नेपाल नेपालगन्जका, केशव कोईरालाद्वारा हार्दिक शुभकामना व्यतm गरिएको छ ।
संयोजक कोईरालाद्वारा प्राय दिवशहरु खुशियालीका लागि मनाउने गरिएता पनि केही दिवशहरु दुख पिडा र समस्याबाट मुतिmका लागि चालिकएका कदमहरुलाई थप बल मिलोस, नयाँ–नयाँ योजनाहरु बनाउन सकियोस् भन्ने उद्देश्यका साथ बिभिन्न अभियानस्वरुप मनाउने गरिन्छ । यसै सन्दर्भमा मानव बेचबिखन बिरुद्धको १४ औ राष्ट्रिय दिवशमा हामी सबैलाई मानव बेचबिखन बिरुद्ध एकता बद्ध भई क्रियासिलताका लागि हार्दिक अपिल गर्दछौ भनी जारी विज्ञप्तीमा लेखिएको छ ।
बर्तमान कोभिड–१९ को महामारी रहेको अवस्थामा यस दिवशलाई विभिन्न तरिकाले आज देश भरि मनाई राखिएको छ । विभिन्न संचारका माध्यमबाट जानकारी मुलक सुचनाहरु प्रकाशन, प्रसारण गरेर, सामाजिक संजालहरुमा मार्फत सुचना प्रवार्ह गरेर, भर्जुवल अन्तक्रिया लगायतका कार्यक्रम गरेर दिवश मनाइएको जारी विज्ञप्तीमार्फत जानकारी गराउनुभयो ।
उहाँले विज्ञप्तीमा हाम्रो देश र समाजका लागि मानव बेचबिखनको समस्या एक लज्जाको बिषय भएको हामी सबैका सामु जगजाहेर छ । आज काभिड–१९ का कारण प्राय बिश्व नै ठप्प भएको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन जसका कारण आज हामी बन्दाबन्दीको सामाना गरि रहेका छौ । बन्दाबन्दीका कारण यातायात समेत बन्द रहेको अवस्थामा पनि महिला वालवालिका हराउनु दुखत कुरा हुनुका साथै कोरोना कहरका कारण विभिन्न देश तथा नेपाल कै विभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाई दिदि बैनिहरु फर्कीएर आ–आफ्नो थाक थलोमा आउनु, रोजगारी गुमाउनु र श्रम समेत गर्न नपाउनुले झन आन्तरिक मानव बेचबिखनको जोखिमलाई बढावा मिलि रहेको घटना क्रमहरुले देखाई रहेको छ । जसका कारण पनि अव राज्यको एवं हामी सबैको ध्यान यसको रोकथामका लागि झन बढि केन्द्रित हुनु पर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभएको छ ।
जुन कुरा यस माइती नेपाल नेपालगन्जमा प्राप्त भएका घट्नाक्रमहरुले पनि देखाई रहेका छन् । यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रही जोखिमपुर्ण यात्रारत ५ सय ७७ महिला वालवालिकालाई नेपाल भारत सिमाना जमुनाहाबाट नेपाल प्रहरीसँगको समन्वयमा उद्धार गरिएको थियो । जस मध्य १ (एक) जना बन्दाबन्दीको समयमा रोकथाम तथा उद्धार गरिएको थियो । यसैगरी यो एक वर्षको अवधिमा ५ सय ८५ जनाको खोज तलास तथा उद्धारको लागि निबेदन परेकोमा २ सय ८० जना फेला परेका थिए भने जस मध्ये बन्दाबन्दीको समयमा १७ जना महिला वालिवालिका हराएको निबेदन परेकोमा ५ जना फेला परेका थिए भने अरुको खोजि कार्य भई रहेको छ विज्ञप्तीमार्फत जनाइएको छ ।