Monday, April 13सत्यम खबर
Shadow

शुभारम्भ सहकारीका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया करोडौ हिनामिना गरी फरार

नेपालगन्ज, १२ साउन – शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया जमाकर्ताहरुको करोडौ रुपैयाँ हिनामिना गरी हाल फरार रहेका छन् ।


विगत २ वर्षदेखि शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अफिस कहाँ छ भनी समेत जमाकर्ताहरुलाई जानकारी नभएपछि खोजतलास जारी गरिएको छ ।
सोही क्रममा जमाकर्ता अजयकुमार गुप्ताले समेत ४ लाख ५० हजार जम्मा गरेको तर हाल सञ्चालक व्यवस्थापक कृपाराम बाडिया भारततर्फ फरार रहेको हुँदा पैसा कहिले पाउने, कसले दिने विषय अन्यौल रहेको हुँदा कानुनी प्रक्रिया तर्फ जाने बताउनुभयो ।


यसबारे केही समयको लागि शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षको जिम्मेवारी बहन गर्नु भएका गेहेन्द्र केसीको भनाई अनुसार मेलै साथीको नाताले केही सहयोग गर्न पहल गरेको थिए । उक्त पहल गर्दा मेरो २०–२५ लाख रुपैया समेत लगानी भईसकेको बताउनुभयो ।
अध्यक्ष गेहेन्द्र केसीले “२५–३० हजार बराबर जमा गरेका जमाकर्ताहरुको रकम मध्ये धेरैको लगानी फिर्ता गरेको बताउनुभयो ।” उनले भने– “ठूलो रकम जुन कसैको १३ लाख, कसैको ५ लाख, कसैको ४ लाख ५० हजार बराबर भएको रकमको लागि मैले कृपाराम बाडियालाई अलि समय दिनुस बजारमा वातावरण सहज भएपछि पैसा फिर्ता गर्छन भनी बताउँदै तर सञ्चालक व्यवस्थापक कृयाराम बाडियासित केही हिसाब किताब नमिले पछि म मेरो बाटो लागेको केसीले बताउनुभयो । वर्तमान अवस्थामा अध्यक्ष केसी आफै मेरो २०–२५ लाख डुबेको बताउनुभयो ।


यस बारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया बारे कुनै जहेरी दर्ता नभएको हुँदा कार्वाही नगरिएको बताउँदै यसबारे जमाकर्ताहरुले जहेरी दर्ता गरेको अवस्थामा तत्काल कार्वाही प्रक्रिया बढाउने बताउनुभयो ।
यसैगरी जिल्ला सहकारी संघ लिमिटेडको प्रबन्धक नवराज सुवेदीले हाल शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक व्यवस्थापक कृपाराम बाडिया फरार रहेको जानकारी गराउँदै उनको अफिस कहाँ छ, बजारबाट कति रकम बराबर हिनामिना भएको छ त्यस बारे हामीले प्रतिवेदन तयार नगरेको हुँदा भन्न नमिल्ने बताउँदै आउने दिनमा सो बारे अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताउनुभयो ।


यसैगरी जमाकर्ता सुषमा त्रिपाठीले शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक व्यवस्थापक कृपाराम बाडियामार्फत ४ लाख ५० हजार जमा गरेको बताईन् । त्रिपाठीका अनुसार उक्त रकम जमा गरेदेखि पटक–पटक सहकारीबाट पैसा माग्दा समेत आलटाल गर्दै आईरहेको तर विगत १ वर्ष ६ महिनादेखि सहकारी बैंक नै कहाँ रहेको जानकारी नभएको बताउनुभयो ।
त्रिपाठीले –“‘शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक व्यवस्थापक कृपाराम बाडियाले म जस्तै सयौं जमाकर्ताहरुको पैसा लिएर भागेको अवस्था रहेपनि प्रहरी, प्रशासनलगायत सम्बन्धित निकाय मौन रहनुको रहस्य के छ बुझ्नै सकिएको छैन,” उनले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *