Tuesday, April 14सत्यम खबर
Shadow

४४ औं स्मृति दिवस : पुष्पलालको शालिकमा माल्यार्पण

नेपालगन्ज, ७ असार – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४४ औं स्मृति दिवस नेकपा एमाले बाँकेले पनि विभिन्न कार्यक्रम गरी मनाई रहेको छ । विहान नेपालगन्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरेको छ भने आजै एमाले पार्टी कार्यालय, बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको छ ।


माल्यार्पण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य तथा सहइन्चार्ज मो. हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, प्रदेश कमिटी सदस्य बलिभद्र पुन, जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्रीलगायतका नेता कार्यकर्ताको उपस्थितिमा माल्यार्पण र एक मिनेट मौन धारण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योग्दानको स्मरण गरेका थिए ।


पार्टी कार्यालयमा ११ बजे हुने विचार गोष्ठीमा नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको सहभागिता रहने नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *