Thursday, March 12सत्यम खबर
Shadow

२२ वर्षकै उमेरमा चम्ल्याहा बच्चा

जनकपुर, १७ भाद्र –जनकपुरमा एक २२ वर्षीया महिलाले एकैपटक चम्ल्याहा बच्चा जन्माएकी छन् । मंगलबार साँझ धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले चार शिशुलाई जन्म दिएकी हुन् ।


प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन् । अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् ।
शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ । तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको छ ।
चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ । उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा देखिएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशालामा पठाइएको छ । (जनताटाईम्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *