
सकिल अहमद राई
जानकी, २१ असार – बाँकेको जानकी गाउँपालिका वडा नं २ मा वडा स्तरीय अगुवा कृषक तालिम जानकी गाउँपालिका कृषि शाखाको आयोजनामा आज मंगलवार सम्पन्न भएको छ ।
तालिम कार्यक्रमका प्रमुख अतिथी तथा वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको अध्यक्षतामा ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए । वडा अध्यक्ष गुप्ताले – हामी जानकी गाउँपालिका वडा २ का किसानलाई विभिन्न प्रकारका उत्सर्जक कार्यक्रम दिने तथा खेती गर्ने किसानलाई बीउ बिजन उपलब्ध गराई केही कार्यक्रमबाट हुन्छ भने वडाबाट गर्छु र पालिकाबाट गर्ने हो भने पालिकाबाट गराउँछु या प्रदेशबाट हुन्छ भने प्रदेशबाट गराउँछु, तपाईं मेरो प्यारो जनता हो तपाईंको सहयोगले मलाई दोस्रो पटक विजय हासिल गराउनु भएकोमा सम्पूर्ण जनतालाई धन्यबाद ज्ञापन गर्दैछु ।
यस्तै तालिम कार्यक्रममा जानकी गाउँपालिका कृषि शाखाको प्रमुख मनोज मण्डलले धान बलिको प्याड राख्ने तरिका तथा बीउ उपचार, धान रोप किरा व्यवस्थापन, तरकारी बाली उत्पादन प्रविधि, रोग सम्बन्धी घरायसी उपचार विधिको बारेमा तालिम गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी जानकी गाउँपालिका कृषि शाखाको तारा ज्ञवाली, दीप कार्की, प्रमोदकुमार यादव, वडा कर्मचारी, २ नं का किसानहरूको सहभागिता रहेको थियो ।
