Thursday, March 12सत्यम खबर
Shadow

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

नेपालगन्ज, १७ भाद्र – नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । गत २४ घन्टामा १ हजार ६९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को उदयपुरमा १, ओखलढुंगा, खोटाङमा २÷२, झापामा १४, पाँचथरमा १, मोरङमा १२ र सुनसरीमा ५६ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
प्रदेश २ को धनुषामा १, पर्सामा २, बारामा ११, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १, सर्लाहीमा १९ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।


बागमती प्रदेशको काठमाडौंका १ सय ९३, काभ्रेपलाञ्चोक ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, भक्तपुरका ३०, मकवानपुरका ६, रसुवा १, रामेछापका २, ललितपुरका ५८, सिन्धुपाल्चोकका १ र सिन्धुलीका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्वमा १४, लमजुङमा ३२ जना कोरोना भेटिएको छ ।
यस्तै, प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, गुल्मीमा १३, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ३३, रुकुम पूर्वमा १ र रुपन्देहीमा ९१ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।
कोराना पुष्टि हुनेमा कर्णाली प्रदेशको जुम्लाका २, दैलेखमा २, सल्यानमा १ र सर्खुेतका १, सुदूरपश्चिम प्रदेशको अछामका १३, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुरामा २, डोटी २४ र बझाङका ४० र बैतडीका १२ जना छन् ।
कुल संक्रमितमध्ये १७ हजार १ सय १२ जना संक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ८५ जनाको पिसिआर परीक्षण भएको छ ।
योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ५ हजार ५ सय ६० पुगेको छ । नेपालमा हाल ७ हजार ३ सय ९० जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । (स्वास्थ्यखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *