
नरैनापुर, २१ असार – मानिसको आहारविहार स्वस्थ रहे मात्र स्वास्थ्य राम्रो हुने एक कार्यक्रममा जोड दिइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेद्वारा नरैनापुर गाउँपालिकामा आयोजना गरीएको पालिका स्तरीय स्वास्थ्य जीवनशैली अभियान अन्तर्गत मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने मूला नाराका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख डा.अनिलकुमार चौधरीले आयुर्वेदको प्रयोग, स्वास्थ्य जीवन शैली, मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानको औचित्य, कस्तो खाना खाने कस्तो नखाने, योग र ध्यानको महत्व, सर्ने र नसर्ने रोग, आयुर्वेदमा निःशुल्क पाउने शेवा जस्ता विषयमा प्रशिक्षण दिनु भयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले मानिसमा लाग्ने र नसर्ने रोग मध्य नसर्ने रोगको निम्ति आयुर्वेदको औषधि अति प्रभावकारी भएको बताउनु भयो । उहाँले आयुर्वेदको औषधिको ठूलो महत्व रहेको हुँदा यसको प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरेलले आयुर्वेदको प्रयोगलाइ बढाउन सकेमा अधिकांश रोग लाग्नै नपाउने बताउनु भयो । उहाँले कोरोनापछि आयुर्वेदको प्रभाव र महत्व बढेको प्रष्ट पार्दै आयुर्वेदको प्रयोगलाई बढाउनको निम्ति सरकारले मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने अभियान वडा-वडामा सञ्चानल गर्नुपर्ने निती ल्याएको जानकारी गराउनु भयो ।
कार्यक्रममा वडा अध्यक्षहरु मशुर अहमद शाह, मनोजकुमार शर्मालगायतले आयुर्वेदको महत्व र प्रभावका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ बैद्य सीताराम चौधरी र डा. गिता रेग्मी, नागरिक आरोग्य केन्द्र नरैनापुरका प्रमुख रोसन शर्मा, खजुरा आयुर्वेद शाखामा कार्यरत कविराज किरण खनाललगायतले बोलेका थिए । ६ वटा वडाका ३ दर्जन बढिको सहभागीता रहेको थियो । कार्यक्रममा नरैनापुर गाउँपालिका स्तरीय कमिटि पनि गठन गरीएको थियो ।
