Wednesday, April 22सत्यम खबर
Shadow

माध्यमिक विद्यालय जोगागाउँद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान

सकिल अहमद राई
जानकी, २१ असार – बाँकेको जानकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम श्री माध्यमिक विद्यालय जोगागाउँको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हलवाईको सभापतित्वमा जनप्रतिनिधिहरुलाई शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ ।

जानकी गाउँपालिका प्रमुख छब्बन खाँको प्रमुख अथितिमा र वडा नं २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खाँले विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरेका थिए ।

सम्मान कार्यक्रममा आसन ग्राहण लगत्तै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विद्यालयकी शिक्षिकाले खादा, माला र टीका लगाइ स्वागत र सम्मान गरेकी थिइन ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख खाँले सबैको साथ र सहयोग रह्यो भने नगरसँग टाँसिएको गाउँपालिकालाई ५ वर्षभित्र नमूना पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गाउँपालिकाको शैक्षिक क्षेत्रलाई माथी उठाउन लागि परेको बताउनु भयो । गतवर्ष भन्दा शिक्षा क्षेत्रमा दोब्बर बजेट छुट्टियाएको बताउनु भएको थियो ।

कार्यक्रममा स्वागत सम्मानको लागि सम्पूर्ण विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई खाँले हृदयदेखि नै धन्यवाद दिएका थिए । उक्त सम्मान कार्यक्रमको समापन व्यवस्थापन समितिका अध्यक्ष हलवाईले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक मोतिराम पोखरेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, प्रधानाध्यापक मो. आलमीन राई, वडा नम्बर १ का वडा अध्यक्ष मो. रजा राई, वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीकाप्रसाद गुप्ता, पालिका स्वकीय सचिव सोहराब अलि दर्जी, तिर्थराम कुर्मी, जितबहादुर वर्मा, हनिफ जोलाह, कृष्णा अचार्य, निरज मिश्रा, बिनु श्रीस, अनिलकुमार पथिक र सन्दिप कहार, एकता शिक्षा समाज कल्याण संस्थाका सल्लाहकार उमेश नाथ मिश्रा, पत्रकार लगायत लगभग ५० जनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *