
नेपालगन्ज, २० असार – जनमत अद्र्ध साप्ताहिकले एसओएस युवालय, नेपालगन्जको सहकार्यमा आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ८ जना महिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।
एसओएस बालग्रामको ५० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, विद्यार्थी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।
एसओएस युवालय, नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिक सोम प्रकाश सापकोटा, निरुपता बि.सीलाई रक्त संकलन गर्ने पाकेट हस्तारण गरी कार्यक्रम शुरु गरिएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ुत्रैमासिक रक्तदान कार्यक्रमु को ५३ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख शंकर प्रसाद खनाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, नेपाल घरेलु उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष तथा समाजसेवी दिला शाह, सुश्री स्मारिका श्रेष्ठ, सुश्री स्वेता विष्ट, नियमित रक्तदाता नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, भगवान शरण यादव, रेडियो कृष्णसारका प्रमोद डि.जी., विनोदकुमार वैश्य, गौतमप्रसाद पौडेल, पत्रकार जागेश्वर थारु, पत्रकार शम्भुप्रसाद थारु, भगवान शरण यादवले रक्तदान गर्नु भएको छ ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार एसओएस युवालय, नेपालगन्जका सिनियर काउन्सिलर लक्ष्मण कार्की, सहायक निर्देशक मीना भुसाल तुलाधर, एसओएस युवालय, नेपालगन्जका विद्यार्थीहरु सम्झना खड्का, सपना सिजापति, स्वेच्छा गिरी, सुष्मिता वि.सी.लगायतले रक्तदान गर्नु भएको थियो ।

त्यसैगरि असरफ शेष, मोहम्मद असलम शेष, मानबहादुर खत्री, मनबहादुर केसी, युवराज ढकाल, नारायणप्रसाद केसी, रुसतम अली दर्जी, लक्षमणबहादुर कार्की, दिनेश तमोली, राजेन्द्रकुमार सोनी, पृथ्वी सिंह, रोमन शाही, जगतजंग शाही, प्रमोद चौधरी, अभिनवकुमार सिंह, बिरबहादुर हमाल, इच्छाराम यादव, दुर्गा चौधरी, सञ्जय बढही लगायतले रक्तदान गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, प्रेस संगठन बाँकेका अध्यक्ष तथा गुड न्यूज साप्ताहिकका सम्पादक डक्ट धिताल, नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका सभापति बदरुद्दीन अन्सारी र जनमत सम्पादक पूर्णलाल चुकेले रक्तदाताहरुलाई प्रशंसा पत्र तथा टिसर्ट प्रदान गर्नु भएको थियो ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, शिवराज शाही, निरुपता बिसीले प्राविधिक टोली र आकाश जायसवालले रक्तदान कार्यक्रमा सहयोग गर्नु भएको थियो ।
बि.सं.२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५३ औं श्रृङ्खलासम्म करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
