Saturday, April 25सत्यम खबर
Shadow

निकासी प्रमाणिकरण बिनाको कन्टेनर प्रहरी नियन्त्रणमा

नेपालगन्ज, १७ असार – नेपालबाट अबैध सिल गरेर भारत तर्फ जाँदै गरेको कन्टेनर बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरेर कन्टेनर जमुनाहा नाकाबाट भारत जाँदै गरेको अवस्थामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो ।

निकासी प्रमाणपत्र बिना नै लोड गरि सिल गरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले पुष्टि गरे । कन्टेनरमा पहाडी उत्पादन जस्तो देखिने गेडागुडी फेला परेको र त्यसको पहिचान हुन नसकेको डीएसपी न्यौपानेले बताए । ‘कालोरङ्को गेडागुडी जस्तो सामान भेटिएको छ, परिक्षणपछि मात्र त्यसको पहिचान होला ।’ डीएसपी न्यौपानेले भने ।

सामान लोड भएको र सिलबन्दी गरिएको कन्टेनर भन्सार कार्यालय नेपालगन्ज पार गरेर सीमानाका पार गर्ने बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयबाट कन्टेनर पार गरेको बिषय भने रहश्यमय रहेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार लागु औषध भएको आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको हो । भेटिएको कालो गेडाका बिषयमा परिक्षणको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *