नेपालगन्ज, १६ भाद्र – भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो पिसिआर परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । कोरोना पुष्टि भएकाहरुमा बाँकेमा २८ जना संक्रमित रहेका छन् भने ५ जनामा दाङका कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा २४ घण्टामा गरिएको १५ सय ८१ जनाको परिक्षणबाट ३३ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।