
नेपालगन्ज, ९ असार – नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि १ अर्व ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपियाको अनुमानित बजेट ल्याएको छ ।
बिहिवार ११ औं नगरसभामा नगर उपप्रमुख कमरुद्धिन राईले प्रस्तुत गर्नु भएको चालु आव २०७८÷०७९ भन्दा करिब ९ करोडले बढि छ । चालु आवमा १ अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकोले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियान कै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको नगर उपप्रमुख राईले बताउनुभयो ।
यसवर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपियाँ हुने अनुमान गरिएको छ ।
