
पटौली (राजपुर दाङ्ग), १ असार – कपास विकास समितिद्वारा एक दिने तालिम स्थानीय कपास किसानहरूलाई दिईएकाे छ ।
कपास बिकास समितिका अधिकृत बिजयकुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यालय अध्यक्ष हेमन्तराज काफ्लेको प्रमुख अतिथ्यिमा स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल चौधरीले दिएका थिए । किसानलाई माटो कसरी छनोट गर्ने, कस्तो तरिकाले लगाउने, कति दाना बीउ हाल्ने, कति दुरि, कति पानी गोडमेल कसरी गर्ने भन्ने बारे प्राबिधिक चौधरीले प्रष्ट पारेका थिए र अधिकृत बिजयकुमार जोशीले कपास लगाई सके पछि हुने चुनौतीहरु विभिन्न जातिका किराहरुको बारेमा तिनिहरुको आक्रमणबाट बच्ने किटनासक औषधि र घरेलु उपाएको बारेमा जानकारी दिएका थिए र किसानहरुलाई उत्प्रेरित गर्न यो बर्ष आफुले भाडामा जमिन लगेर ब्यक्तिगत एक बिगाहामा कपास लगाउने जोसिले किसानलाई बताएका थिए ।
तालिम निकै उपलब्धि मुलक भएको र यस्ता तालिमहरु नियमित गर्दिएको भए अझै राम्रो हुने स्थानीय माया भण्डारीले आफ्नो बिचार राखेकी थिईन । २५ बढी कपास लगाउने किसानको उपस्थिति थियो ।
तालिम समापनमा प्रमुख अतिथि काफ्लेले बोल्दै किसान भनेको देशको मेरुदण्ड हो, कपास किसानको पीडा भनेको समग्र कपास बिकास समिति कै पीडा हो, किसान र कपास बिकास एक अर्का बिच नङ र मासुको सम्बन्ध छ र आफुले किसानको समस्या बुझेर नयाँ कपासको बीउ ल्याएको र पानीको समस्या समाधान गर्न पानी संचय गर्ने केही प्राविधि अपनाउने नियमित प्राबिधिक पठाउने र गाउँलेको निकै आवश्यक जोत्नका लागि कपास बिकास समितीको तर्फबाट एउटा हाते ट्याक्टर सहयोग गर्ने र किसानका मागहरु सबै पुरा गर्ने प्रतिबद्धता गरे ।
कपासमा ठूलो सम्भावना देखिएको यो ठाउँ ४० बिगाहा जतिमा कपास लगाईन्छ ।
बार्सिक ३५ टन कपासको पक्क्ड एरिया भएको अधिकृत जोसिले तालिम समापनमा भने र यसरी कपास बिकास समितीको अध्यक्ष फिल्डमा आएको कपास बिकास समितीको ईतिहास मै पहिलो पटक भएको जोसिले बताए र यसले किसानलाई हौसला मिल्ने र यो ठाउँ र किसानको मर्का नि अध्यक्षले बुझ्नु हुनेछ भनी बताएका थिए ।
