
नेपालगन्ज, ३१ जेष्ठ – बिश्व रक्तदाता दिवसको अवसरमा बास स्वयम् सेवक समुहले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८जनाले रक्तदान गरेका छन् ।
बास नेपालको आयोजना, बास स्वयम् सेवक समुहको संयोजन तथा यमहा सोरुम कोहलपुरको सहकार्यमा नेपालगन्ज स्थित रक्त सञ्चार केन्द्रमा रक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान गर्ने कार्यमा ऐक्येबद्धता जनाऔं जिवन बचाउने अभियानमा सहभागि हौं भन्ने नाराका साथभएको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, पूर्व अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य खेम बिष्ट, तपेन्द्रबहादुर मलाती, जनसम्पर्क विभाग प्रमुख कमल शाही, बास स्वयम् सेवक संयोजक श्रुती चौधरी, स्वयम् सेवक आशिष गिरी, अशोक रावल, गिता बिक, रमिता शाह, शान्ति शाह, दिनेश चौधरी, प्रदिप बोहरा, रबिन थारु, सपना थारु, संगम राजबंसि, अरणीको थारु, निरुता थारु, आस्ना थारु, लौटन थारु, संगिता थारु, महेश चौधरी, ईन्द्राणी थारु, केशर क्षेत्री, रमेश मालिलगायतले रक्तदान गरेका थिए ।

बास स्वयम् सेवक समुहले विभिन्न सामाजिक कार्यहरुसँगै मानविय कार्य समेत गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्वतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिवकुमार बर्मा लगायतको उपस्थिती रहेको थियो ।

