Tuesday, April 21सत्यम खबर
Shadow

स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष र उपाध्यक्षलाई नेपालगन्जमा बधाई

नेपालगन्ज, २९ जेष्ठ – स्वतन्त्र पत्रकार संघ नेपालका नव निर्वाचित राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला र उपाध्यक्ष निरज गौतमलाई नेपालगन्जमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।
बास नेपाल केन्द्रीय कार्यालय नेपालगन्जमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार संघ स्वाभिमानि पत्रकारहरुको समुह भएको बताए । उनले संघले स्वतन्त्र पत्रकारहरुलाई ब्यवसायिक र आत्मनिर्भर बनाउने तर्फ ध्यान दिने बताए । स्वतन्त्र पत्रकार संघलाई सबै ब्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा गर्ने गरी योजनाका साथ अगाडी बढाउने प्रतिबद्धता गरे ।


कार्यक्रममा बोल्दै संघका राष्ट्रिय उपाध्यक्ष निरज गौतमले स्वतन्त्र पत्रकार संघ संस्थागत विकाससँगै अगाडी बढ्ने बताए । संस्थाको दिर्घकालिन र अल्पकालिन योजना तयार गरि सोही अनुरुप अगाडी बढ्ने बताउ“दै आफ्नो जिम्मेवारीमा पूर्ण रुपमा खटिबद्ध रहने उपाध्यक्ष गौतमको भनाई थियो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ बा“केका उपाध्यक्ष मन भण्डारी, सचिव बिरेन्द्र जैसी, सदस्य निशु जोशीलगायतले बोलेका थिए ।


स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय अध्यक्ष बास्तोला र उपाध्यक्ष गौतमलाई अध्यक्ष शाह, राष्ट्रिय पार्षद रमेश सिटौला र उपाध्यक्ष मन भण्डारीले खादा र पुष्पगुच्छाले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा धन्यबाद ज्ञापन सहित समापन राष्ट्रिय पार्षद रमेश सिटौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *