Tuesday, April 21सत्यम खबर
Shadow

कुलमानसँग मेयर विष्टको विद्युत समस्या समाधान बारे छलफल

नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ ।
नेपालगन्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि ध्यानाकर्षण गर्नुभएको हो ।


छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगन्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दिर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराउनुभयो ।
सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगन्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरि केही दिनमै समस्याको समाधान हुने आश्वासन दिनुभएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो ।


यसैगरी नगर प्रमुख विष्टले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग पनि भेटघाट गर्नुभएको छ । भेटमा नगर प्रमुख विष्टले शाहलाई नेपालगन्ज आउन औपचारिक आमन्त्रण गर्नुभएको छ । काठमाण्डौ र नेपालगन्जका प्रमुखबीच विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *