
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं.१८ भुजईगाउँमा बि.सं.२०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयले छात्रबृत्ति बितरण एवं सम्मान कार्यक्रममा कक्षा १ देखि ७ कक्षा सम्म अध्ययनरत १ सय २३ जना मध्ये छात्र ४२ जना र छात्रा तर्फ ८१ जनालाई रु. ४००÷– रुपैयाका दरले छात्रबृत्ति वितरण गरिएको सो बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीले बताउनु भएको छ ।

बिद्यालयका संरक्षक तथा बिद्यालय व्यवस्थापन समितिका माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र वडा नं.१८ का वडाध्यक्ष दिपक वर्माले छात्र वितरण गर्नु भएको थियो ।

सो अवसरमा जेष्ठ २९ गते नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टलाई दोसल्ला ओढाएर र भुजईगाउँ निवासी बजरंगलाल बर्मा (कुर्मी) र रामलली बर्मा(कुर्मी) ले बिद्यालयलाई २ कट्ठा जग्गा दान गरे बापत दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको छ ।
सो कार्यक्रममा नगर प्रमुख प्रशान्त बिष्टले यो श्री पाटेश्वरी आधारभूत बिद्यालयको दिवाल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथैै बिद्यालयको प्रयासमा सम्पूर्ण अभिभावकहरुको ठूलो जिम्मेवारी रहेको छ ।

वडा नं. १८ का वडाध्यक्ष दिपक वर्माले आप्mनो बिचार राख्दै वडा कार्यालयबाट बिद्यालयको लागी सहयोग यस अघि पनि गरिएको थियो र आउने दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी व्यवस्थापन समितिका सदस्य सायरा अन्सारी, साहू समाज समितिका अध्यक्ष हंशराम साहू लगायतले बिचार राखेका थिए ।

कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक भृकुटीतारा शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक ओमप्रकाश त्रिपाठीले गर्नु भएको थियो । समाजसेवी बलराम कुर्मी, जाकीरअली मनिहार, सल्लाहकार पवन जायसवाल लगायतको सहभागिता रहेको थियो ।
यसैगरी कार्यक्रममा व्यवस्थापन समितिका संरक्षक सदस्य ओमकुमारी थापा, सदस्यहरुमा रामनरेश ठाकुर, बिनोद ठाकुर, अनिता क्षेत्री, शिक्षकहरुमा सुनकुमारी थापा, सुष्मा केसी (बिष्ट), उमा श्रीवास्तव र नोकी क्षेत्रीको सक्रिय सहयोगमा छात्रबृति वितरण गरिएको छ ।

