Sunday, April 19सत्यम खबर
Shadow

वडा कार्यालयद्वारा पूर्व वडाध्यक्ष रेग्मीलाई श्रद्धाञ्जली व्यक्त

नेपालगन्ज, २७ जेष्ठ – पूर्व वडाध्यक्ष (२०२८/०३३) गोपाल राज रेग्मीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा कार्यालय परिवारले शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरेको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंहले पूर्व वडाध्यक्ष रेग्मीको फोटोमा माल्यार्पण गर्दै पूर्व वडाध्यक्ष रेग्मीले सामाजिक कार्यमा अहम भूमिका निर्वाह गरेको स्मरण गर्दै यस दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै स्वर्गीय पूर्व वडाध्यक्षको योगदानको कदर गर्दै आज शुक्रबार बिदा मनाउने निर्णय गरिएको बताउनुभयो ।


श्रद्धाञ्जली सभामा नेकपा एमाले बाँकेका पूर्व जिल्ला अध्यक्ष अशोक कोईराला, वडा नं. ६ का वडा सदस्य मदनबहादुर क्षेत्री, जमालुद्दीन बागवान, महिला सदस्य संगीता रेग्मी, भूमि दमिनी, सचिव मदनबहादुर रावत, सहायक पाँचौ भक्तबहादुर खत्री, लेखापाल मोहन शर्मा, शिला देवकोटा, उमेशकुमार बर्मा, शान्ति कुर्मीलगायतको उपस्थिति रहनुका साथै वडाबाट दिलीपकुमार रेग्मी, विजयपाल तिवारी, राधा खड्का, अधिवक्ता जयकृष्ण न्यौपानेलगायत सहभागी भएका थिए ।
पूर्व वडाध्यक्ष रेग्मीको २०७९ साल जेष्ठ २५ गते मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *