Sunday, April 19सत्यम खबर
Shadow

जानकी गाउँपालिकामा ३ दिनका लागि विद्यालयहरूमा गर्मी बिदा

सकिल अहमद राई
जानकी, २७ जेष्ठ – बिगत एकसातादेखि बाँकेमा अत्याधिक गर्मी बढेपछि जानकी गाउँपालिका स्थानीय निकायले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । बाँकेको जानकी गाउँपालिकाले ३ दिनका लागि विद्यालयहरूमा गर्मी बिदा दिएको छ ।

अत्याधिक गर्मी र तातो हावाका कारण जनजीवन कष्टकर बन्दै गएपछि पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा सामुदायिक तथा संस्थागत विद्यालय सहितको सहमतिमा विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रतिभा ओली खड्काले जेठ ३० गतेदेखि असार १ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा बिदा दिइएको बिज्ञप्ति मार्फत जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *